२०८३ बैशाख १५ गते , मंगलबार

क्रिकेट खेल्दा खेल्दै पीचमै ढलेका ब्याट्सम्यानको मृत्यु

sajilo news
एजेन्सी
२०८० पौष २५ गते , बुधबार
क्रिकेट खेल्दा खेल्दै पीचमै ढलेका ब्याट्सम्यानको मृत्यु

भारतको नोएडामा भएको क्रिकेट खेलमा पीचमै ढलेका एक ३४ वर्षीय ब्याट्सम्यानको मृत्यु भएको छ।  उनको हृदयघातबाट मृत्यु भएको चिकित्सकले बताएका जनाइएको छ। अन्य ब्याट्सम्यान र फिल्डिङ टिमका खेलाडीले उनलाई तत्काल सीपीआर दिन थाले पनि खेलाडीको घटनास्थलमै मृत्यु भएको थियो।

मृत्यु हुनेमा ३४ वर्षीय विकास नेगी रहेका छन्। उनी एक इन्जिनियर थिए जो नोएडामा कर्पोरेट लिग खेल्दै थिए। नोएडामा कर्पोरेट लिगको दौरान माभेरिक्स ११ र ब्लेजिङ बुल्सबिचको खेल चलिरहेको थियो। माभेरिक्सको टोली ब्याटिङ गरिरहेको थियो। 

उमेश कुमार र विकास पीचमा थिए। १४औँ ओभर चलिरहेको थियो। उमेशले चौका प्रहार गरे। विकास ननस्ट्राइकर एन्डबाट बधाई दिन स्ट्राइकरको छेउमा गए। उमेश कहाँ पुग्नुअघि नै विकास पीचमा ढलेका थिए। 

सम्बन्धित समाचार