२०८३ बैशाख २१ गते , सोमबार

कचनकवल गाउँपालिकाले दियो भाक्का दिवसका दिन स्थानीय बिदा

sajilo news
झापा
२०८० पौष २५ गते , बुधबार
कचनकवल गाउँपालिकाले दियो भाक्का दिवसका दिन स्थानीय बिदा

कचनकवल । कचनकवल गाउँपालिकाले राष्ट्रिय भाक्का दिवसका दिन स्थानीय बिदा दिने निर्णय गरेको छ । आदिवासी राजवंशी समुदायको बाहुल्यता रहेको कचनकवलमा यही पुस २९ गते आइतबारका दिन मनाइने राष्ट्रिय भाक्का दिवसको अवसरमा स्थानीय बिदा दिने निर्णय गरेको हो ।

उक्त दिन अति आवश्यक सेवाबाहेक कचनकवल गाउँपालिकाको कार्यालय, सम्पूर्ण शैक्षिक संस्था, स्वास्थ्य संस्था, वडा कार्यालयहरू बन्द रहने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।  पुस २७ गते पृथ्वी जयन्ती र तोल ल्होसार, पुस २८ शनिबार र माघ १ गते माघे सङ्क्रान्ति पर्व परेकोले गाउँपालिकामा लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ ।   

 

सम्बन्धित समाचार