२०८३ बैशाख २३ गते , बुधबार

बन्दुकसहित एकजना पक्राउ

sajilo news
झापा
२०८० पौष २५ गते , बुधबार
बन्दुकसहित एकजना पक्राउ

उदयपुरको चौदण्डीगढी नगरपालिका-१ स्थित कटरवोटेबाट अवैध हतियार भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले आम्चोक गाउँपालिका-१० भोजपुरका २० वर्षीय समीर राईलाई पक्राउ गरेको हो । 

मंगलबार बेलुका ६ बजे चौदण्डिगढीबाट बेल्टारतर्फ आउँदै गरेको को १३ प ४१५ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा उनको साथबाट भरुवा बन्दुक १ थान, भरुवा बन्दुकमा प्रयोग गर्ने बारुद सहितको सेतो बट्टा १ थान, फलामको गोली ४ थान, केप १ थान, दवास १ थान, फलामको नाल १ थान र वेरिङ १७ थान फेला परेको थियो । पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय बेल्टारमा राखेर थप अनुसन्धान भइरहेको छ ।

 

सम्बन्धित समाचार