२०८३ बैशाख २१ गते , सोमबार
बालमैत्री घोषणा गर्ने वडालाई १० लाख दिने हल्दीबारी गाउँपालिकाको घोषणा
हल्दीबारी गाउँपालिकाले सबैभन्दा पहिलो बालमैत्री घोषणा गर्ने वडालाई १० लाख दिने घोषणा गरेको छ। हल्दीबारी गाउँपालिकामा आज मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनले वडाको सिलिङ बजेटबाट पहिलो बालमैत्री घोषणा गर्ने वडालाई १० लाख दिने घोषणा गरेका हुन् । गाउँपालिकालाई बालमैत्री बनाउन अभियान अन्तरगत आज बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका स्तरीय बैठक बसेको थियो ।