२०८३ बैशाख २१ गते , सोमबार
तपस्वी रामबहादुर बम्जन पक्राउ
विवादित ‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले बम्जनलाई पक्राउ गरेको हो। व्युरोका प्रवक्ता नवराज अधिकारीका अनुसार बम्जनलाई काठमाडौंबाट पक्राउ गरिएको हो।
अनुयायीको हत्या गरेको र बेपत्ता बनाएको र यौन हिंसा गरेको उजुरीको आधारमा बम्जन पक्राउ परेका हुन्। प्रहरी उपरीक्षक अधिकारीले भोलि पत्रकार सम्मेलन आयोजना गरेर बम्जनलाई सार्वजनिक गर्ने बताए।