२०८३ बैशाख १९ गते , शनिबार
रूसी सेनामा गएका थप तीन नेपालीको मृत्यु
रूसी सेनामा गएका थप तीन नेपालीको मृत्यु भएको छ। युक्रेनसँगको लडाईंका क्रममा उनीहरू मारिएका हुन्। थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
‘हामीलाई थप तीन जना नेपाली मारिएको सूचना प्राप्त भएको छ।’ मन्त्रालयका प्रवक्ता एवं सहसचिव अमृतबहादुर राईले भने, पूर्ण विवरण केहीबेरमा सार्वजनिक गर्छाैं।’
योसँगै रुस-युक्रेन लडाइँमा मारिने नेपालीको संख्या १० पुगेको छ। यसअघि रुसी सेनामा भर्ना भएका ७ नेपाली युवाले युक्रेनसँगको लडाइँमा ज्यान गुमाइसकेका छन्।