२०८३ बैशाख १५ गते , मंगलबार

सुपर लिग : काठमाडौं प्लेअफमा पुग्दा झापा बाहिरियो

sajilo news
काठमाडौं
२०८० पौष ८ गते , आईतबार
सुपर लिग : काठमाडौं प्लेअफमा पुग्दा झापा बाहिरियो

ललितपुरलाई हराउँदै काठमाडौं नेपाल सुपर लिगको प्लेअफमा प्रवेश गरेको छ। प्लेअफमा पुग्न जित्नैपर्ने दबाबमा रहेको काठमाडौंका लागि आन्द्रेस नियाले निर्णायक गोल गरेका थिए। पहिलो हाफको अन्तिम समयमा उनले हेडरमार्फत् गोल गरेका थिए। त्यसपछि ललितपुरले आक्रमक खेले पनि गोल गर्न भने सकेनन्।

ललितपुर हराउँदै काठमाडौंले तीन अंक बटुल्दै तेस्रो स्थानमा उक्लिएको छ। काठमाडौं प्लेअफमा पुगेपछि झापा भने बाहिरिएको छ। अंकतालिकाअनुसार ललितपुर, झापा र बुटवलको सामान १०-१० अंक रहेको छ। तर गोल अन्तरका कारण काठमाडौंसँग पराजित भए पनि ललितपुर प्लेअफमा स्थान सुरक्षित बनाएको छ। 

समूहचरणको अन्तिम खेल सकिएसँगै पोखरा, धनगढी, काठमाडौं र ललितपुर प्लेअफमा पुग्न सफल भएको छ। फाइनल प्रवेशका लागि पोखरा र धनगढीबीच खेल हुनेछ। त्यसको पराजित टिमले काठमाडौं र ललितपुरमध्ये विजयी टिमसँग खेल्नुपर्नेछ। उक्त खेलको विजेताले फाइनलमा प्रवेश गर्नेछ।

सम्बन्धित समाचार