भद्रपुरमा मिनी म्याराथन : छात्रामा लक्ष्मी र छात्रमा शिव प्रथम
भद्रपुर । भद्रपुरमा तेस्रो बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा दिवसको अवसरमा शनिबार मिनी म्याराथन (दौड) प्रतियोगिता सम्पन्न भएको छ । शनिबार बिहान भद्रपुर नगरपालिका-५ स्थित मेची पुलबाट सुरु दौड चन्द्रगढी पुगेर समापन गरिएको थियो । दौड प्रतियोगितामा छात्रतर्फ विभूति विद्या मन्दिरका शिव लिम्बु प्रथम, विभूति विद्या मन्दिरका मनिस लिम्बु दोस्रो, चन्द्र भानु माविका सन्तोष लिम्बु तेस्रो र नेशनल मेरिगोल्डका इवाहाङ लावती चौथो भएका छन् ।
त्यस्तै छात्रातर्फ चन्द्र भानु माविकी लक्ष्मी मर्डी प्रथम, जीवन ज्योतिकी सुस्मिता हाँस्दा दोस्रो, जीवन ज्योतिकी आकृति लिम्बु तेस्रो र एसएस निकेतनकी मुस्कान कामती चौथो भएकी छिन् । विजेताहरूलाई नगदसहित पुरस्कृत गरिएको थियो ।
भद्रपुर नगर बाल सञ्जालका कार्यवाहक अध्यक्ष आरोग्य तिम्सिनाको अध्यक्षता तथा नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगर उपप्रमुख राधा कार्की, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, जनप्रतिनिधि, शिक्षक र पत्रकार लगायतको उपस्थिति रहेको थियो ।