२०८३ बैशाख १५ गते , मंगलबार

झापाले उचाल्यो अन्तरजिल्ला क्लबस्तरीय भलिबल प्रतियोगिताको उपाधि

sajilo news
झापा
२०८० पौष ६ गते , शुक्रबार
झापाले उचाल्यो अन्तरजिल्ला क्लबस्तरीय भलिबल प्रतियोगिताको उपाधि

ताप्लेजुङको दोभान बजारमा भएको अन्तरजिल्ला क्लबस्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि झापाले जितेको छ।बिहीबार भएको फाइनल खेलमा आयोजक ताप्लेजुङको मुकेश मेमोरियल क्लबलाई सोझो सेटमा पराजित गर्दै पाथीभरा टाइगर भलिबल क्लब दमक झापाले उपाधि जितेको हो। झापाले ताप्लेजुङलाई २५–१४, २५–१९ र २५–१९ ले पराजित गर्याे।
एकाघरका दाजुभाइले नेतृत्व गरेका दुई टिम फाइनलमा भएकाले प्रतियोगिता रोचक भएको थियो। झापाको नेतृत्व गरेका मुस्कान खुदाङ र ताप्लेजुङ टिमको नेतृत्व गरेका मुकेश खुदाङ दाजुभाइ हुन्। उनीहरू सिदिङवा गाउँपालिका–७ सुरुमखिमका बासिन्दा हुन्।उपाधि विजेता झापाले ३ लाख २ हजार हात पारेको छ भने उपविजेता ताप्लेजुङले १ लाख ५१ हजार रुपैयाँ प्राप्त गरेको छ। प्रतियोगितामा भारत सिक्किमको नाम्ची क्लबसहित ८ टिमको सहभागिता रहेको थियो।

सम्बन्धित समाचार