२०८२ बैशाख १६ गते , मंगलबार

ऋतिक र दीपिकाको एक्सन र रोमान्सले भरिएको ‘फाइटर’को टिजर सार्वजनिक

sajilo news
झापा
२०८० मंसीर २२ गते , शुक्रबार
ऋतिक र दीपिकाको एक्सन र रोमान्सले भरिएको ‘फाइटर’को टिजर सार्वजनिक

फिल्म ‘वार र पठान’का निर्देशक सिद्धार्थ आनन्दको निर्देशनमा तयार भएको नयाँ फिल्म ‘फाइटर’को टिजर सार्वजनिक भएको छ । जनवरी महिनाको २५ तारिखबाट रिलिज हुने यो फिल्मलाई बलिउडको पहिलो एरियल एक्सन फिल्म भनिएको छ । 

यो फिल्ममा नायकद्धय ऋतिक रोशन र अनिल कपुर, नायिका दीपिका पादुकोणको मुख्य भूमिका छ । फिल्मको टिजरले बक्स अफिसमा यसको  सुरुवात धमकेदार हुने संकेत गरेको छ । 

फिल्ममा ऋतिक र दीपिकाको एक्सन मात्र होइन रोमान्स पनि भरपुर हेर्न सकिनेछ । यो बर्ष फिल्म ‘पठान’बाट बलिउडलाई नै हलचल बनाइदिएका सिद्धार्थले अर्को बर्ष पनि ‘फाइटर’बाट गज्जबको सुरुवात गर्ने संकेत गरेका छन् ।  ऋतिक र दीपिकाले करिअरमै पहिलो पटक काम गरेकाले पनि दर्शकलाई उनीहरुको जोडी हेर्न उत्साह छ । 

https://www.youtube.com/watch?v=973Ct2AC3EA&source_ve_path=MjM4NTE&feature=emb_title&ab_channel=Viacom18Studios

सम्बन्धित समाचार