२०८१ असार ६ गते , विहीबार

नाइजेरियामा सेनाको ड्रोन दुर्घटना, ८५ सर्वसाधारणको मृत्यु

sajilo news
एजेन्सी
२०८० मंसीर २० गते , बुधबार
नाइजेरियामा सेनाको ड्रोन दुर्घटना, ८५ सर्वसाधारणको मृत्यु

नाइजेरियाली सेनाको ड्रोन दुर्घटना हुँदा देशको उत्तरपश्चिमी कादुना राज्यको एउटा गाउँमा आइतबार ८५ सर्वसाधारणको मृत्यु भएको  राज्य सञ्चालित आपतकालीन एजेन्सीले जनाएको छ ।

उत्तरपश्चिम क्षेत्रीय कार्यालयले स्थानीय अधिकारीबाट प्राप्त गरेको विवरणअनुसार अहिलेसम्म ८५ वटा शव प्राप्त भएको छ भने, अन्य हराइरहेका मानिसको खोजी जारी रहेको  राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले आफ्नो फेसबुक पेजमा मङ्गलबार उल्लेख गरेको छ ।

यता सेनाले भने असावधानीले ड्रोन दुर्घटना हुँदा मुस्लिम पर्व मनाउँदै गरेका मानिस पीडित भएको बताएको छ । सेनाले कुनै हताहतीको तथ्याङ्क भने दिएको छैन । तर त्यहाँका बासिन्दाले भने ८५ जना मारिएको दाबी गरेका छन् । 

सम्बन्धित समाचार