२०८३ बैशाख १९ गते , शनिबार

पक्राउ पूर्जी जारी भएपछि विप्लवले गरे चरणबद्ध आन्दोलनको घोषणा

sajilo news
झापा
२०८० मंसीर १९ गते , मंगलबार
पक्राउ पूर्जी जारी भएपछि विप्लवले गरे चरणबद्ध आन्दोलनको घोषणा

अदालतबाट भएको पक्राउ पुर्जीको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संघर्षको घोषणा गरेको छ।  मंगलबार एक विज्ञप्ति जारी गर्दै विप्लवले अदालतबाट भएको पक्राउ पुर्जीको विरोधमा संघर्षको घोषणा गरेको हो।

विज्ञप्तिमा पक्राउ पुर्जी गरिनु गैरकानूनी, अराजक र विध्वंसात्मक कार्य भएको जनाइएको छ।  त्यसविरुद्ध आज मंगलबार मसाल जुलुस प्रदर्शन गर्ने, २० गते बुधबार न्यायाधीशको पुत्ला जलाउने र २१ गते २ बजे देशव्यापी जनप्रदर्शन गर्ने जनाइएको छ। 

काठमाडौँ जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा ब्युँताएर सोमबार महासचिव विप्लवसहित नेताहरू खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’‚ माइला लामा लगायतका नाममा पक्राउ पुर्जी जारी गरेको थियो। 

सम्बन्धित समाचार