२०८१ बैशाख ३ गते , सोमबार

सुनको मूल्य इतिहासकै उच्च

sajilo news
झापा
२०८० मंसीर १३ गते , बुधबार
सुनको मूल्य इतिहासकै उच्च

सुनको मूल्य इतिहासकै सबैभन्दा उच्च भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १९ हजार तीन सय र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार सात सय ५० कायम भएको छ । 

नेपालमा बिहेको लगन सुरु भइरहँदा निरन्तर नयाँ रेकर्ड बनाउँदै सुनको भाउ बढिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको हो । 

मंगलबार सुनको मूल्य प्रतितोला एक लाख १७ हजार सात सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार एक सय ५० मा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १६ हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको थियो । 

सम्बन्धित समाचार