२०८१ श्रावण ३ गते , विहीबार

दक्षिण अफ्रिका यसपटक पनि अभागी, अस्ट्रेलिया विश्वकप क्रिकेटको फाइनलमा

sajilo news
झापा
२०८० मंसीर १ गते , शुक्रबार
दक्षिण अफ्रिका यसपटक पनि अभागी, अस्ट्रेलिया विश्वकप क्रिकेटको फाइनलमा

दक्षिण अफ्रिकालाई तीन विकेटले हराउँदै अस्ट्रेलिया आईसिसी एकदिवसीय विश्वकप क्रिकेटको  फाइनलमा स्थान बनाएको छ।  कोलकत्तामा दुई सय १३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४७ दशमलव २ ओभरमा सात विकेट गुमाउँदै भेट्टायो। 

अस्ट्रेलियाको लागि ओपनर ट्राभिस हेडले सर्वाधिक ६२ रन बनाए। स्टेभन स्मिथले ३०, ओपनर डेविड वार्नरले २९ र जस इङ्लिसले २८ रनको योगदान गरेका थिए।

वार्नर र हेडबीच पहिलो विकेटको लागि ६० रनको साझेदारी भएको थियो।  स्मिथ र हेडले तेस्रो विकेटकोलागि ४५ रनको साझेदारी गरे। मिचेल स्टार्क र प्याट कमिन्सले अविजित क्रमशः १६ र १४ रन जोड्दै अस्ट्रेलियाको जित सुनिश्चित गरे।

टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले डेविड मिलरको शततकको मद्दतमा  ४९ दशमलव ४ ओभरमा अलआउट हुँदै दुई सय १२ रन बनाएको थियो।

५ दशमव ४ ओभरमा दुई विकेट गुमाएर मात्र आठ रन जोडेको दक्षिण अफ्रिका  जोडेको थियो। २४ रन बनाउँदा चार विकेट गुमाएको दक्षिण अफ्रिकाको पारीलाई मिलर र हेन्रिक क्लासेनले ठूलो स्कोरतर्फ पुर्याएका थिए।

ओपनर क्विन्टर डि कक तीन रन र कप्तान टेम्बा बभुमा शुन्यमा पेभिलियन फर्किएपछि दक्षिण अफ्रिका निकै दबाबमा आएको थियो। मार्को जन्सन गोल्डन डकआउट भए। अस्ट्रेलियाका मिचल स्टार्क र प्याट कमिन्सले सर्वाधिक तीन विकेट लिए। जस हैजलवूड र ट्राभिस हेडले समान दुई विकेट लिएका छन्।

चार पटक सेमिफाइनल खेलको दक्षिण अफ्रिका यसपटक पनि अभागी सावित भयो। यसअघि अस्ट्रेलिया नवौं र दक्षिण अफ्रिकाले पाचौँ पटक विश्वकपको सेमिफाइलनमा स्थान बनाएका थिए। यसअघि दुई टोलीबीच सन् १९९९ र २००७ को सेमिफाइनलमा प्रतिस्पर्धा भएको थियो। दुबै खेल अस्ट्रेलियाले जित्न सफल भयो।  अस्ट्रेलियाले तेस्रो पटक दक्षिण अफ्रिकालाई हरायो। 

सम्बन्धित समाचार