२०८० मंसीर २३ गते , शनिबार

गाजा युद्धमा यूएनआरडब्लूएका १०० भन्दा बढी कर्मचारीको मृत्यु

sajilo news
एजेन्सी
२०८० कार्तिक २५ गते , शनिबार
गाजा युद्धमा यूएनआरडब्लूएका १०० भन्दा बढी कर्मचारीको मृत्यु

प्यालेस्टिनी शरणार्थीलाई सहयोग गर्ने संयुक्त राष्ट्रस‌ंघीय निकाय (यूएनआरडब्लूए) का प्रमुखले गाजामा जारी युद्धमा आफ्ना १०० भन्दा बढी कर्मचारीको मृत्यु भएको छ ।

‘यूएनआरडब्लूएका अभिभावक, शिक्षक, नर्स, चिकित्सक, सहयोगी कर्मचारी गरी १०० भन्दा बढी सहकर्मी एक महिनामा मारिएको पुष्टि भएको छ’, युएनआरडब्लूएका प्रमुख फिलिप लाजारिनीले ट्वीटरमा लेखेका छन्।

‘यूएनआरडब्ल्यूए शोकमा छ, प्यालेस्टिनीहरूले शोक मनाइरहेका छन्, इजरायलीहरू शोक मनाइरहेका छन् । यस त्रासदीको अन्त्यका लागि अब मानवीय युद्धविरामको खाँचो छ।’

गत अक्टोबर ७ मा इजरायल र हमासबीच भएको युद्धपछि आफ्ना १०१ जना कर्मचारीको मृत्यु भएको संयुक्त राष्ट्रसंघीय निकायले एक भिडियो सन्देशमार्फत जनाएको छ। 

उनीहरु शिक्षक, विद्यालयका प्रिन्सिपल, इन्जिनियर, डाक्टर, मनोविद, सहयोगी कर्मचारी, सफाइकर्मी र प्राविधिक कामदार थिए। संयुक्त राष्ट्रसंघका मानवीय सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले यो दुःखद खबरले आफू मर्माहत भएको बताएका छन्।  ‘हामी यस दुःखद् घडीमा हाम्रा सबै बहादुर यूएनआरडब्ल्यूए सहकर्मी र उनीहरूको परिवारसँग साथमा रहनेछौँ ।

करिब पाँच हप्ताअघि अक्टोबर ७ मा हमासका लडाकुले गाजाको सीमा पार गरेपछि इजरायलले हमास शासित गाजा पट्टीमा आक्रमण शुरु गरेको थियो।

सम्बन्धित समाचार