अभिनेत्री रञ्जुषाले गरिन् आत्महत्या
मलयालम फिल्म अभिनेत्री रञ्जुषा मेननले झुण्डिएर आत्महत्या गरेकी छन् । आत्महत्याको कारण नखुलेपनि अभिनेत्रीका नजिकका मानिसहरु यो खबरले निकै दुखी छन् । रञ्जुषाले धेरै फिल्ममा साइड रोल गरिसकेकी छिन् । उनी धेरै टिभी सिरियलमा पनि देखिएकी छिन् ।
अभिनेत्री केही समयदेखि श्रीमान् र छोराछोरीसँग श्रीकरियतमा भाडामा बस्दै आएकी थिइन् । शवलाई पोष्टमार्टमका लागि तिरुवनन्तपुरम मेडिकल कलेज लगिएको छ । प्रहरी अहिले मृत्युको कारण पत्ता लगाउन व्यस्त छ ।
चलचित्र जगतबाट एउटा नराम्रो खबर बाहिर आएको छ । साउथ अभिनेत्री रञ्जुषा मेननले आत्महत्या गरेकी छन् । उनको शव आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको थियो । यद्यपी आत्महत्याको कारण भने खुल्न सकेको छैन । तर यो खबरले इन्डस्ट्रीमा शोक फैलाएको छ, अभिनेत्रीका नजिकका मानिसहरु यो खबरले निकै स्तब्ध भएका छन् ।
३५ वर्षीया अभिनेत्रीले गरिन् आत्महत्या
रञ्जुषा मेनन ३५ वर्षकी थिइन् । अभिनेत्रीको ३० अक्टोबरको बिहान निधन भएपनि अहिले विस्तृत विवरण आएको छ । रञ्जुषाको शव तिरुवनन्तपुरमको श्रीकरियतमा रहेको उनको घरमा झुण्डिएको अवस्थामा फेला परेको थियो । आजतकबाट