२०८३ बैशाख १३ गते , आईतबार

प्रधानमन्त्रीको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

sajilo news
झापा
२०८० आश्विन १४ गते , आईतबार
प्रधानमन्त्रीको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को निर्देशनपछि  नेपाल आयल निगमले शनिबार राति गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ। प्रधानमन्त्री दाहालले चाडबाडको मुखमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि नगर्न निगमका पदाधिकारीलाई बोलाएर  निर्देशन दिएपछि सञ्चालक समितिले मूल्य यथावत् राख्ने निर्णय गरेको हो।

प्रधानमन्त्रीको निर्देशन लगत्तै निगमले विज्ञप्ति जारी गर्दै मूल्य फिर्ता लिएकोबारे जानकारी गराएको हो। निगमले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ,'प्रधानमन्त्रीको निर्देशन बमोजिम स्वचालित मूल्य प्रणाली यथावत् हुनेगरी हाल भएको मृल्य वृद्धिलाई मूल्य स्थिरिकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्नेगरी मूल्यवृद्धि गर्ने निर्ण आजै राजराति १२ बजेबाट लागू हुनेगरी फिर्ता लिएको व्यहोरा जानकारी गराइन्छ।'

शनिबार मात्रै  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मृल्य वृद्धि गरेको छ। पेट्रोलमा प्रतिलिटर २,डिजेलमा र मट्टितेलमा ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाएको हो। यस्तै हवाई आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाएको हो।

सम्बन्धित समाचार