२०८३ बैशाख ११ गते , शुक्रबार

माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपाल क्वाटरफाइनलमा

sajilo news
झापा
२०८० आश्विन १४ गते , आईतबार
माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपाल क्वाटरफाइनलमा

नेपालले माल्दिभ्सलाई १३८ रनले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको छ। एसियन गेम्सअन्तर्गत चीनमा भएको खेलमा माल्दिभ्स २ बल अगावै अलआउट हुँदै ७४ रन बनायो।
नेपालका लागि अविनाश बोहोराले कीर्तिमानी ६ विकेट लिए। त्यस्तै सोमपाल कामी, गुल्शन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले एक/एक विकेट लिए। यसअघि नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर नेपालले २१२ रन बनाएको थियो।

नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरे। २७ बल खेलेका उनले ३ चौका र ३ छक्कासहित ५२ रन बनाए भने कुशल मल्ल ४७ रनमा अविजित रहे। २० बलमा उनले ३ चौका र २ छक्का प्रहार गरे।

त्यस्तै कुशल भुर्तेलले ३५, आसिफ शेखले ६, विनोद भण्डारीले १३, सुन्दीप जोराले ५ रन, गुल्शन झाले ३५ र दीपेन्द्र सिंह ऐरी ६ रन बनाएर आउट भएका थिए। सोमपाल कामी एक रनमा अविजित रहे।  माल्दिभ्सका लागि नवाज इश्लामले सर्वाधिक तीन विकेट लिएका थिए।

सम्बन्धित समाचार