२०८० मंसीर २३ गते , शनिबार
कोशी प्रदेशमा मन्त्रिपरिषद विस्तार

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दुई मन्त्री र दुई राज्यमन्त्री थप गरेका छन्। मुख्यमन्त्री कार्कीले सोमबार मन्त्रिपरिषद विस्तार गरेका हुन्।
बुद्धिकुमार राजभण्डारी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बनेका छन् भने लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन्। त्यस्तै रामप्रसाद मेहता उद्योग, भूमिव्यवस्था तथा कृषि राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमन्त्री बनेका छन्।
संविधानको धारा १६८ को उपधारा (३) अनुसार एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वमा हाल कोशी प्रदेश सरकार कायम छ। उनले असोज २० गतेभित्र विश्वासको मत लिइसक्नु पर्नेछ। उनले विश्वासको मत लिन नसके धारा १६८ को उपधारा (५) मा पुग्ने अवस्था छ।