२०८१ जेष्ठ ८ गते , मंगलबार

लोसपाका केन्द्रीय सदस्य गणेश राप्रपामा प्रवेश 

sajilo news
झापा
२०८० आश्विन ८ गते , सोमबार
लोसपाका केन्द्रीय सदस्य गणेश राप्रपामा प्रवेश 

झापाका दुईजना मधेसवादी नेता राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य सूर्यनारायण गणेश र पूर्व वैकल्पिक केन्द्रीय सदस्य देवेन्द्र किशोर ढुङ्गाना राप्रपामा प्रवेश गरेका हुन् । लामो समय मधेसवादी पार्टीमा रहेर राजनीति गरेका गणेश तत्कालीन सद्भावना पार्टीका जिल्ला अध्यक्ष, त्यसपछि लोसपाको जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य भएका थिए । तत्कालीन जिल्ला विकास समितिका सदस्य रहेका गणेश शान्ति समितिका संयोजक पनि भएका थिए ।

त्यस्तै पुराना पत्रकार ढुङ्गाना जसपाका जिल्ला उपाध्यक्ष रहेका थिए । त्यसपछि उनी लोसपाका वैकल्पिक केन्द्रीय सदस्य भएका थिए । बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा उनीहरूलाई विधिवत् रुपमा पार्टी प्रवेश गराइएको राप्रपाका जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले बताए । उनले पार्टीमा सल्लाह गरेर दुवै नवप्रवेशीहरुलाई जिम्मेवारी दिइने जानकारी दिए ।

सम्बन्धित समाचार