२०८० मंसीर २३ गते , शनिबार
‘हेर्न मन भेट्न मन’ गीत सार्वजनिक

गीतकार नारायण नेपालको शब्द रचना रहेको गीत ‘हेर्न मन भेट्न मन’ सार्वजनिक भएको छ । स्वरूपराज आचार्यको स्वर, सन्तोष श्रेष्ठको संगीत, राजु कार्कीको संगीत संयोजन र प्रकाश मिश्रको ध्वनि सम्पादन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
निकेश खड्काको निर्देशन रहेको सार्वजनिक गीतको भिडियोमा हरिओम मंगोल र आँचल गुरुङलाई फिचरिङ गरिएको छ । गीतको भिडियोमा हरिओम र आँचलको अभिनय सुन्दर देखिएको छ । अमृत सुनारको छायांकन, विकास धमलाको दृश्य सम्पादन रहेको गीतलाई म्युजिक नेपालको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।