२०८० आश्विन ९ गते , मंगलबार

अस्कर अवार्डका लागि ‘हल्कारा’ सिफारिस

sajilo news
एजेन्सी
२०८० आश्विन २ गते , मंगलबार
अस्कर अवार्डका लागि ‘हल्कारा’ सिफारिस

काठमाडौँ । आगामी वर्ष हुने अस्कर अवार्डको ९६औं संस्करणका लागि नेपालबाट ‘हल्कारा’ लाई सिफारिश गरिएको छ । अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समिति (नेपाल) ले विक्रम सापकोटा निर्देशित चलचित्र ‘हल्कारा’लाई अमेरिकामा हुने अस्कर अवार्डका लागि सिफारिश गरेको हो ।

राजु केसी अध्यक्षतामा रहेको उक्त समितिले प्राप्त पाँच चलचित्रमध्ये ‘हल्कारा’लाई सिफारिश गरेको एक विज्ञप्ति जारी गर्दै जानकारी गराइएको छ । समितिका अनुसार अस्करका लागि चलचित्र ‘डाकिनी’, ‘हल्कारा’, ‘नीरफूल’, ‘बुलाकी’ र बगानले आवेदन दिएका थिए ।

‘प्राप्त चलचित्रमध्ये प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, कलान्तक बनोट, चरित्रहरूको भावनात्मक विश्लेषण पक्ष तथा प्रस्तुतिको कलात्मक बनोटलाई ध्यान दिएर नेपालको प्रतियोगिका रूपमा ‘हल्कारा’लाई सामेल गराउने निर्णय भएको हो’, विज्ञप्तिमा भनिएको छ । चलचित्र ‘हल्कारा’ मा महेश त्रिपाठी र विनिता थापामगरको मुख्य अभिनय छ भने रामकृष्ण पोखरेल र विक्रम सापकोटाले निर्माण तथा निर्देशन छ ।

 

सम्बन्धित समाचार