२०८० आश्विन ९ गते , मंगलबार
चलचित्र ‘मायावी’ मा करिश्मा

चलचित्र ‘मायावी’मा अभिनेत्री करिश्मा श्रेष्ठ अनुबन्धित भएकी छिन् । दिवाकर भट्टराईको निर्देशन रहने चलचित्रमा निर्माण युनिटले उनलाई मुख्य भूमिकाका लागि अनुबन्धित गरेको हो ।
यो चलचित्रको कलाकारको रूपमा यसअघि दीपिका प्रसाई, पल साह, सुशील सिटौला र समीम खान अनुबन्धित भइसकेका छन् । ‘एउटा साथी’ चलचित्रबाट नेपाली रजतपटमा डेब्यु गर्नुभएकी करिश्माले ‘लभ सब’, ‘बाबु कान्छा’ लगायत चलचित्रमा अभिनय गरेकी छिन् ।
अभिनेता राज कटुवालसमेत निर्माता रहेको ‘मायावी’को कथा निर्देशक भट्टराई स्वयंको हो । क्रिएटिभ सिने आर्टसको व्यानरमा निर्माण हुन लागेको चलचित्रमा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहने जनाइएको छ । चलचित्र असोज २ गतेबाट फ्लोरमा यो चलचित्रको छायांकन पोखराको रमणीय स्थलमा गरिने निर्देशक भट्टराईले जानकारी दिए ।