२०८० आश्विन ९ गते , मंगलबार
‘सुवासजी मेरो सुख दुःखको साथी’ : ओली

नेकपा (एमाले)का उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनप्रति अध्यक्ष केपी शर्मा ओलीले भावुक हुँदै श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत सुवास नेम्वाङ पार्टीको उपाध्यक्ष मात्रै नरहेको मेरो हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो,’ भनेर लेखेका छन् ।
लोकतान्त्रिक संविधान निर्माण गर्न नेम्वाङले पुर्याएको योगदान सधैँ सम्झिरहने उल्लेख गर्दै ओलीले लेखेका छन्, ‘मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली ’ संविधान सभा अध्यक्षसमेत रहेका नेम्वाङको गएराति निधन भएको थियो ।