कोशी प्रदेश : गठबन्धन सरकारलाई राप्रपाको सहयोग

राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशीमा गठबन्धनलाई सघाउने भएको छ। कोशीमा सरकार बनाउन र टिकाउन हम्मेहम्मे परिरहेको गठबन्धनलाई साथ दिने सर्तमा राप्रपाले संसदीय समितिमा एक जना सभापति पाउने भएको छ।
नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाका अनुसार माओवादीको भागमा परेको पूर्वाधार विकास समितिको सभापति राप्रपालाई दिइएको हो। समितिको सभापति उहाँहरूलाई दिने भएका हौँ।’ यसअघि पूर्वाधार समिति माओवादीले पाउने समझदारी भएको थियो। माओवादीबाट उक्त समितिको सभापतिमा सापकोटा उम्मेदवार बन्ने तय भएको थियो।
‘कोशीमा अब राप्रपाले हामीलाई सघाउँछ। राप्रपाबाट त्यहाँ सभामुख बन्नुहुन्छ,’ सापकोटाले भने,‘कोशीमा सघाउने भएपछि हामीले समितिको सभापति उहाँहरूलाई दिने भएका हौँ।’ यसअघि पूर्वाधार समिति माओवादीले पाउने समझदारी भएको थियो। माओवादीबाट उक्त समितिको सभापतिमा सापकोटा उम्मेदवार बन्ने तय भएको थियो।
राप्रपाले पूर्वाधार विकास समितिमा मकवानपुरबाट निर्वाचित सांसद दीपक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरे छ। प्रमुख सचेतक ज्ञानबहादुर शाहीका अनुसार सिंहलाई सभापति उम्मेदवार बनाउने निर्णय भएको हो।
सिंहले ऊर्जा राज्यमन्त्रीको पनि जिम्मेवारी सम्हालिसकेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सुरूमा राप्रपा पनि सहभागी थियो। सिंह त्यतिबेला राज्यमन्त्री नियुक्त भएका थिए।
कोशीमा राप्रपाका ६ जना सांसद छन्। यसअघि नेकपा(एमाले) सँगै प्रतिपक्षमा बसेको राप्रपा सत्ता गठबन्धनमा आए गठबन्धनलाई आरामदायी बहुमत पुग्छ।