२०८२ पौष ३० गते , बुधबार
सबै प्रकारका विभेद र असमानता अन्त्य जरुरी : अध्यक्ष ओली
झापा । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रकारको विभेद र असमानताको अन्त्य गरिनुपर्ने बताएका छन्। गृहनगर दमकमा आज कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले सामाजिक न्याय प्राप्तिका लागि जात र धर्मका नाममा विभेद गर्न नमिल्ने बताए।
उनले ‘कोशी’ सबै जातजाति र भाषाभाषीको अपनत्व हुने साझा नाम भएको पनि धारणा राखे। उनले केचनाजस्ता होचो स्थानबाट सगरमाथाको फेदसम्मका मान्छेलाई मिल्ने नाम कोशी प्रदेश नै उपयुक्त भएको दाबी गरे। कोशी प्रदेश नामकरण हुँदा सबैलाई राम्रो हुने भन्दै उनले जातीयताका नाममा विवाद गर्न नहुने बताए।