२०८० मंसीर १६ गते , शनिबार

काठमाडौंमा आजदेखि बडी बिल्डिङ प्रतियोगिता

sajilo news
काठमाडौं
२०८० श्रावण ३२ गते , विहीबार
काठमाडौंमा आजदेखि बडी बिल्डिङ प्रतियोगिता

आजदेखि काठमाडौंमा ‘नरेश सूर्या क्लासिक नेपाल’ शीर्षकको बडी बिल्डिङ प्रतियोगिता आयोजना हुँदैछ । भदौ २ गते शनिबारसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा भारतीय सेलिब्रेटी शाहिल खानले सहभागिता जनाउने छन् । 

खरेल अर्गनाइजेसनले आयोजना गर्न लागेको प्रतियोगितामा अन्य विभिन्न अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिहरू आउने आयोजक सज्ञान खरेलले जानकारी दिए ।

इण्डियाको फ्रेन्चाइजी लिएर यो प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक संस्थाको भनाइ छ । भारतको प्रसिद्ध शोको फ्रेन्चचाइजीलाई नेपाल ल्याएर आयोजना गर्न लागिएको यो प्रतियोगितामा १५० जना खेलाडी सहभागी हुँदैछन् । प्रतियोगितामा नेपाल, मलेसिया, यूएई र भारतका खेलाडीहरूले भाग लिएका छन् ।

फिटनेसको कार्यक्रममा विजेताले नगद दुई लाख पचास हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ । अन्तर्राष्ट्रिय कोच क्याथ्रिन केट अस्टिनले एक दिन सम्पूर्ण सहभागीलाई विशेष प्रशिक्षण दिइनेछ ।
 

सम्बन्धित समाचार