२०८३ बैशाख ७ गते , सोमबार

करमा गरिएको वृद्धिमा बिर्तामोड नगरपालिकाले पुनरावलोकन गर्ने

sajilo news
झापा
२०८० श्रावण २४ गते , बुधबार
करमा गरिएको वृद्धिमा बिर्तामोड नगरपालिकाले पुनरावलोकन गर्ने

बिर्तामोड । एकीकृत सम्पत्ति करमा गरिएको अत्यधिक वृद्धिको विरोधमा राजनीतिक दलहरू उत्रिएपछि बिर्तामोड नगरपालिकाले त्यसबारे पुनरावलोकन गर्ने भएको छ ।

कर वृद्धिको चौतर्फी विरोध भएपछि बिर्तामोड नगरपालिकाले करसम्बन्धी सर्वपक्षीय छलफल गर्ने भएको हो । बिर्तामोड नगरपालिकाले भोलि बिहीबार दिउँसो २ बजे करसम्बन्धी छलफल गर्न सर्वपक्षीय बैठक बोलाएको राप्रपा नगर अध्यक्ष रन्जु प्याकुरेलले जानकारी दिइन् ।

कर वृद्धिको विरोधमा उत्रिएका आन्दोलनरत राजनीतिक दलहरूले बिर्तामोड नगरपालिकाले वृद्धि गरेको एकीकृत सम्पत्ति करको विषयमा अध्ययन गर्न केही दिनअघि अध्ययन समिति बनाएका थिए ।

त्यसअघि गत सोमवार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले नगर प्रमुख पवित्रा महतारा प्रसाईँलाई कर वृद्धिको विरोधमा ज्ञापनपत्र बुझाएका थिए ।

सम्बन्धित समाचार