२०८१ बैशाख ३ गते , सोमबार

यौन मनोविज्ञानमा केन्द्रित ‘जुलेबी’

sajilo news
काठमाडौं
२०८० श्रावण २१ गते , आईतबार
यौन मनोविज्ञानमा केन्द्रित ‘जुलेबी’

आगामी भदौ १ गतेदेखि देशभरका सिनेमा घरमा आउने तयारीमा रहेको चलचित्र ‘जुलेबी’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र यौन मनोविज्ञानमा केन्द्रित रहेको ट्रेलरले सङ्केत गर्दछ ।

चलचित्रको कथा सात जना पात्रहरूको सम्बन्धको वरिपरि घुमेको निर्देशक गणेश देव पाण्डेले जानकारी गराउनुभयो । महिलाले भोग्ने सम्बन्धको कथा चलचित्रले बोल्ने निर्माता आभा शर्मा नेपालले बताइन् । 

कार्यकारी निर्माता नवीन भट्ट रहेको एन्थोलोजी जनरामा बनेको चलचित्र फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । चलचित्रमा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, समीरमणि दीक्षितलगायतको अभिनय छ । विवेक खड्काको छायाङ्कन, जाटवेद बनर्जीको सङ्गीत, अन्जय खड्काको सम्पादन चलचित्रमा छ।

सम्बन्धित समाचार