२०८१ बैशाख ३ गते , सोमबार

जुम ब्युटी एकेडेमीको ब्रान्ड एम्बेस्डरमा केकी

sajilo news
झापा
२०८० श्रावण १९ गते , शुक्रबार
जुम ब्युटी एकेडेमीको ब्रान्ड एम्बेस्डरमा केकी

जुम ब्युटी एकेडेमीले नायिका केकी अधिकारीलाई आफ्नो ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ । एकेडेमीले हालै महाराजगञ्ज शाखामा एक औपचारिक कार्यक्रम गरी नायिका अधिकारीलाई ब्राण्ड एम्बेस्डर नियुक्त गरेको हो ।

एकेडेमीका सञ्चालकद्वय सौन्दर्यविद् जुनु चक्रधर र कृषप तनावासुले नायिका अधिकारीलाई ब्राण्ड एम्बेस्डर पाउँदा आफूहरूलाई ठूलो हौसला थपिएको भन्दै एकेडेमीले अझै आफ्नो क्षमता र अन्तर्राष्ट्रियस्तरमै गुणस्तरीयता बढाउँदै जाने बताए ।

नायिका अधिकारीले ब्युटीसियन क्षेत्रमा नाम र काम दुवैमा अब्बल जुम ब्युटी एकेडेमीसँग जोडिन पाएकोमा खुशी व्यक्त गर्दै यसको सफलताको साक्षी बन्ने अवसर दिएकोमा सञ्चालकद्वयलाई धन्यवाद दिइन् ।

कुपन्डोलमा प्रधान कार्यालय रहेको जुम ब्युटी एकेडेमीका महाराजगञ्ज, कलंकी, बौद्ध चुच्चेपाटी, तीनकुने, भक्तपुर, बनेपा, ग्वार्खो, गोंगबु, बालाजु र तीनकुनेमा शाखाहरू सञ्चालित छन् । एकेडेमीले पछिल्लो समय काठमाडौंको स्वयम्भूमा ११औं शाखा सञ्चालनमा ल्याएको थियो ।
 

सम्बन्धित समाचार