शिक्षाले जितिन् ‘मिस प्लस टु नेपाल २०२३’को उपाधि

‘मिस प्लस टु नेपाल २०२३’को उपाधि शिक्षा राणाले चुमेकी छिन् । काठमाडौँमा आयोजित प्रतियोगितामा राणाले १८ प्रतिस्पर्धीलाई पछि पार्दै शीर्षसहित ‘मिस पर्सनालिटी’ र ‘मिस स्टाइलिस’ विधागत उपाधिसमेत आफ्नो पोल्टामा पार्न सफल भएकी हुन ।
प्रतियोगितामा याङ्जी दावा लामाले फस्ट रनरअप र विशाखा श्रेष्ठ सेकेन्ड रनर अपको उपाधि हात पारिन। लामाले भ्युअर च्वाइस र पब्लिक च्वाइस उपाधिसमेत हात पार्दा श्रेष्ठले मिस कन्फिडेन्टको उपाधि आफ्नो पोल्टामा पारिन। युहान इन्टरनेसनल इभेन्टस्को आयोजनामा जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा सम्पन्न प्रतियोगितामा झरना अधिकारीले ‘भ्युअर च्वाइस’, प्रियाशा जोशीले ‘पब्लिक च्वाइस’ उपाधि हात पारिन।
त्यस्तै कृष्टिना प्रजा ‘म्यानेजमेन्ट च्वाइस’, कृतिका गौतम ‘मिस ट्यालेन्ट र मिस फोटोजेनिक’, समृद्धि जोशी ‘वेस्ट इन् इभिनिङ गाउन’, सोनीमा घलान ‘वेस्ट वाक’ र ओसिन माली ‘मिस कन्जिनियालिटी’ विजेता बनिन् ।
सञ्चारकर्मी तथा कोरियोग्राफर रोजिन शाक्यको उद्घोषण तथा कोरियोग्राफी रहेको प्रतियोगितामा चलचित्र निर्देशक एवं अभिनेता साहिल खान, इन्टरनेसनल नेपाली मोडल दीपक घिमिरे, फेसन उद्यमी श्वेता सिरोहिया रोक्का, एभिएसन उद्यमी सङ्गीता रौनियार तथा नेपाल एयरहोस्टेस् एकेडेमीका निर्देशक रेजिना तुलाधार निर्णायकको रूपमा रहेका थिए ।