लक्ष्मीले जितिन् मिसेस् क्यापिटल क्वीन नेपालको उपाधि

यस वर्षको मिसेस् क्यापिटल क्वीन नेपालको उपाधि लक्ष्मी भुसालले पहिरिएकी छिन् । काठमाडौँमा सम्पन्न भएको प्रतियोगितामा उनले सो उपाधि आफ्नो पोल्टामा पार्न सफल भएकी हुन् । हिमालयन मुभिज प्रोडक्सन हाउसले आयोजना गरेको कार्यक्रममा विजेताको ताजसँगै लक्ष्मीले बैंकक टुर प्याकेजसमेत प्राप्त गरिन् । उक्त प्रतियोगितामा रिद्धि शर्मा फस्ट रनर अप र विमला श्रेष्ठ सेकेन्ड रनर अप भइन् ।
विवाहित महिलाहरूको राष्ट्रिय स्तरको यो सौन्दर्य प्रतियोगिता छैटौँ संस्करण हो । हिमानी सुब्बाको कोरियोग्राफीमा सम्पन्न सो कार्यक्रममा प्रतियोगीहरूले चियाबारी बोलको गीतमा आकर्षक नृत्यबाट कार्यक्रमको आरम्भ गरेका थिए, त्यसपछि लेहेंगा राउन्ड, प्रश्नोत्तर चरण पार गर्दै इभिनिङ गाउन चरणमा प्रतियोगीहरू सुन्दरता र बौद्धिकताको परीक्षण पार गर्दै आ आफ्नो उपाधिको हकदार भएका थिए ।
अभिनेता तथा फिल्मकर्मी सीमान्त उदास, नायिका शुष्मा अधिकारी, मिस नेपाल आइडल २०१९ एवं भि।जे। निमा लमु शेर्पा, ब्युटिसीयन नेपाल २०२० सजना खतिवडा र मिसेस् डिभा नेपाल २०२३ सोनीका राई निर्णायक रहेको कार्यक्रममा शृङ्गार नृत्य समूह र स्पार्कल आर्ट एकेडेमीबाट कलाकारहरूले सांस्कृतिक कोसेलीहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विविध सबटाइटल अर्वाडहरूसमेत वितरण गरिएको थियो । जसमा मोष्ट इन्टिलिजेन्ट, वेस्ट फोटोजेनिक र पब्लिक भिडियो च्वाइस लक्ष्मी भुसाल, मोष्ट कन्फिडेण्ट रिद्धि शर्मा, मोष्ट डेडिकेट विमला श्रेष्ठ, मोष्ट डाइनामिक र मोष्ट पपुलर विष्णु तुम्बापो चेम्जोङ, मोष्ट स्मार्ट राधिका श्रेष्ठ, मोष्ट डिलीजेन्ट सोनी सिंह, वेस्ट डिसिप्लिन निशा तामाङ र वेस्ट पर्सनालिटी मनिका दास भएकी थिइन् ।