२०८१ बैशाख ३ गते , सोमबार

रन्जिताको ‘धोकाभयो’ सार्वजनिक

sajilo news
झापा
२०८० श्रावण ९ गते , मंगलबार
रन्जिताको ‘धोकाभयो’ सार्वजनिक

सुनसरी इटहरीकी रन्जिता प्रसाईँको स्वरमा रहेको ‘धोकाभयो’ आधुनिक गीत सार्वजनिक भएको छ । सुवास कार्कीको शब्द रचनामा गीत तयार गरिएको हो । विशाल निरौलाको एरेन्ज तथा मिक्सिङ, मास्टरिङ रहेको गीतलाई ३ एस स्टुडियो काठमाडौँमा रेकर्डिङ गरिएको हो ।

गीतलाई गायिका प्रसाईँको युट्युब च्यानलमार्फत हेर्न सकिन्छ । सुरुमा अडियो निकाल्ने र केही समयपछि यसको भिडियो निकाल्ने सोच रहेको गायिका प्रसाईँले बताइन् । गीतमा धोका पाए पछिको वेदना पोखिएको र अहिलेका युवा पुस्तालाई लक्षित गरिएको बताइएको छ । प्रेम र बिछोडलाई भावनात्मक रुपमा चित्रण गरेर गीतमा प्रस्तुत गरिएको छ। गीतमा मिलन र बिछोडमा हुने मानवीय क्रियाकलापलाई उजागर गरिएको छ ।

माया प्रेममा परेका प्रेमिल जोडीहरू बिछोडिँदा अप्रिय घटनाहरू भइरहेका भावनाहरू गीतमा पोखिएको छ । स्यान्डिकुमार पण्डितको छायाङ्कन, एसडी हाउसको सम्पादन तथा सुवास शाहको गीतमा निर्देशन छ । गीतमा गायिका प्रसाईँ सहित उनको प्रेमीका रुपमा कलाकार समीप निरौलाले अभिनय गरेका छन् ।

भिडियो हेर्न यहाँका क्लिक गर्नुहोस्

सम्बन्धित समाचार