२०८३ बैशाख २४ गते , विहीबार

साइबर सुरक्षामा चुनौती

sajilo news
पत्रपत्रिका
२०८० श्रावण ६ गते , शनिबार
साइबर सुरक्षामा चुनौती

काठमाडौँ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले साइबर स्पेसमा राष्ट्रिय सूचना तथा व्यक्तिगत गोपनीयताको संरक्षण जटिल हुँदै गएको बताएका छन् ।

साइबर अपराध, डिजिटल आक्रमण र साइबर आक्रमणले राष्ट्रिय सुरक्षाका साथै अपराध अनुसन्धानलगायतका संवेदनशील विषयमा चुनौती थपिएको बताउँदै उनले राष्ट्रिय र सामरिक महत्वका सूचनाका अतिरिक्त अन्य सूचनाहरू चोरी गर्ने, ह्याक गर्ने प्रवृत्ति बढेको उल्लेख गरे। 

राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयले शुक्रबार सिंहदरबारमा आयोजना गरेको साइबर सुरक्षासम्बन्धी उच्चस्तरीय अन्तक्रिया कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने, “देशको सम्पूर्ण कम्प्युटर नेटवर्कमाथिको साइबर तथा साइबर ‍(यानसम आक्रमण डिजिटल युगले ल्याएको नयाँ परिस्थितिसमेत राष्ट्रिय सुरक्षाको दृष्टिकोणले चुनौतीपूर्ण विषय बनेका छन्।”

उनले साइबर सुरक्षा चुनौती थपिँदै गएकाले यसबाट बच्ने सुरक्षात्मक उपाय अवलम्बन गरी साइबर सुरक्षाको स्तर वृद्धि गर्दै साइबर अपराध नियन्त्रण गर्न तत्काल आवश्यक देखिएको बताए । प्रधानमन्त्री प्रचण्डले सूचना प्रविधिको प्रयोगमा अन्य मुलुकको तुलनामा नेपाल अगाडि भए पनि साइबर सुरक्षाका दृष्टिकोणले पूर्वाधार, जनशक्ति तथा प्रविधि कमजोर रहेकाले सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिए। आजको गोरखापत्र दैनिकमा समाचार छ । 

सम्बन्धित समाचार