२०८३ बैशाख ३ गते , विहीबार

झापा ईनर्जी लिमिटेडले आइपिओ निष्काशन गर्ने

sajilo news
झापा
२०८० असार ३० गते , शनिबार
झापा ईनर्जी लिमिटेडले आइपिओ निष्काशन गर्ने

झापा ईनर्जी लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले ६,६६,६००/– कित्ता शेयर निष्कासन गर्नको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।

शुक्रबार झापा ईनर्जी लिमिटेड पिङ्गलास्थानमा एक कार्यक्रमका बीच कम्पनीले सिभिल क्यापिटल मार्केट शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । 

सम्झौता पत्रमा झापा ईनर्जी लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक सुवास भट्टराई तथा सिभिल क्यापिटल मार्केट लिमिटेडका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत शोभना घिमिरेले हस्ताक्षर गरे । 

सो कार्यक्रममा झापा ईनर्जी लिमिटेडका वित्तीय परामर्शदाता श्री कमल पनेरु, व्यवस्थापक तथा वित्त प्रबन्धक सरोज श्रेष्ठ र  सिभिल क्यापिटल मार्केट लिमिटेडका अधिकृत इन्दिरा न्यौपानेको पनि उपस्थिति रहेको थियो । 

सर्वसाधारणका (स्थानीय, कर्मचारी, वैदेशिक रोजगारीमा रहेका नेपाली सहित) लागि जारी हुने शेयर छ करोड छैंसट्ठी लाख साट्ठी हजार रुपैयाँ रकम बराबरको छ लाख छैंसट्ठी हजार छ सय कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्नका निम्ति नेपाल धितोपत्र बोर्ड समक्ष आवश्यक प्रक्रिया पुरा गरी शेयर निष्काशनको लागि आवेदन दिने योजना रहेको छ । 

यस कम्पनीले शिवसताक्षी–४ झापामा १० मेगावाटको ग्रिड जडान सौर्य ऊर्जा आयोजनाले निर्माण गरिरहेको, आयोजना कम्पनीको विकास गर्न २२ बिघा जग्गा खरिद गरेको जानकारी कम्पनीका वित्तीय परामर्शदाता कमल पनेरुले दिए । आयोजनाको हालसम्म ८० प्रतिशत भौतिक कार्य प्रगति हासिल भएको छ र आयोजना आश्विन २०८० मा सुरु हुने अपेक्षा गरिएको छ ।

आयोजना निर्माणका लागि माछापुच्छ«े बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेड (साविक सिभिल बैंक लिमिटेड) को नेतृत्वमा रहेको कन्सोर्टियमले ५९ करोड ९० लाख रुपैंया आर्थिक सहयोग गरिनेछ । साथै कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग २५ वर्षकै लागि प्रतियुनिट ७.३० रुपैयाँमा विद्युत खरिद सम्झौता (पीपीए) गरेको छ ।  

सम्बन्धित समाचार