२०८३ बैशाख १९ गते , शनिबार

यस्तो छ कोशी प्रदेशमा एसइईको नजिता, ए प्लस जीपीए ल्याउने विद्यार्थी २७०७ 

sajilo news
झापा
२०८० असार २२ गते , शुक्रबार
यस्तो छ कोशी प्रदेशमा एसइईको नजिता, ए प्लस जीपीए ल्याउने विद्यार्थी २७०७ 

कोशी प्रदेशमा एसइई परीक्षाफलको नतिजा अनुसार २ हजार ७०७ विद्यार्थीले ए प्लस जीपीए ल्याएका छन् । २०७९ चैत १७ गतेदेखि सञ्चालन भएको एसइईमा चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए ।

त्यसमध्ये कोशी प्रदेशबाट यो वर्षको एसईईमा १६.३४ प्रतिशत परीक्षार्थीले परीक्षा दिएका थिए । ति मध्ये २ हजार ७०७ विद्यार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन् । त्यस्तै ८ हजार ३३२ विद्यार्थीले ३.२० देखि ३.६० जीपीए, ११ हजार ६२९ विद्यार्थीले २.८० देखि ३.२० जीपीए, १४ हजार ६३२ विद्यार्थीले २.४० देखि २.८० जीपीए, १७ हजार ६७१ विद्यार्थीले २ देखि २.४० जीपीए ल्याएका छन् ।

त्यस्तै १४ हजार ३५४ विद्यार्थीले १.६० देखि २ जीपीए, ४ हजार ९५८ विद्यार्थीले १.२० देखि १.६० जीपीए, २६४ विद्यार्थीले ०.८० देखि १.२० जीपीए र २ हजार १९६ विद्यार्थीले एनजी ल्याएका छन् । 

सम्बन्धित समाचार