२०८३ बैशाख ३ गते , विहीबार
घट्यो हवाई भाडा (नयाँ मूल्यसूचीसहित)
नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा घटाएको छ। नेपाल आयल निगमले प्रतिलिटर १४ रुपैयाँले सोमबार मूल्य घटाएपछि प्राधिकरणले हवाई भाडा घटाएको हो।
नयाँ मूल्यसूचीअनुसार सबैभन्दा कम काठमाडौं-सिमराको मूल्य १२५ रुपैयाँ घटाएर १२२५ रुपैयाँ तोकिएको छ। सबैभन्दा धेरै विराटनगर-नेपालगन्जको ७५० रुपैयाँ घटाएर ७ हजार ३०५ रुपैयाँ तोकिएको छ। त्यस्तै काठमाडौं-माउन्टेन फ्लाइटको ४६६५, काठमाडौं-भद्रपुरको ४०८५, काठमाडौं-विराटनगरको ३२६ रुपैयाँ कायम गरिएको छ।
