२०८३ बैशाख १६ गते , बुधबार

कोशी प्रदेश सभा बैठक आज स्थगित, शुक्रबार विहान ११ बजे बस्ने

sajilo news
झापा
२०८० असार १५ गते , शुक्रबार
कोशी प्रदेश सभा बैठक आज स्थगित, शुक्रबार विहान ११ बजे बस्ने

कोशी प्रदेशसभाको स्थगन भएको बैठक भोलि (शुक्रबार) बिहान ११ बजे बस्ने भएको छ।  कोशी प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै बैठक आज राति ८ बजे बस्ने भनिएको बैठक भोलि बस्ने जानकारी दिएको हो।

प्रदेशसभाका सचिव गोपाल प्रसाद पराजुलीले जारी गरेको सूचनामा विशेष कारणवश आज राति ८ बजे प्रदेशसभाको बैठक बस्न नसकेकाले शुक्रबार बिहान ११ बस्ने जनाइएको छ।

यसअघि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार बिहान ८ बजेसम्मका लागि बैठक स्थगन गर्न आग्रह गरी सभामुखलाई पत्र पठाएका थिए। संसद्‌मा उठेका प्रश्नको जवाफ तयार पार्न भन्दै मुख्यमन्त्री बाहिर निस्किएका थिए।

सम्बन्धित समाचार