२०८३ बैशाख ३ गते , विहीबार

दमक नगरपालिकाको बजेट १ अर्ब ८४ करोड

sajilo news
झापा
२०८० असार ११ गते , सोमबार
दमक नगरपालिकाको बजेट  १ अर्ब ८४ करोड

दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि कुल बजेट १ अर्ब ८४ करोड १२ लाख ३९ हजार प्रस्ताव गरेको छ ।

जसमध्ये चालु खर्च तर्फ रु १ अर्ब १ करोड ९४ लाख ९७ हजार (५५.३७ प्रतिशत) र पुँजीगत खर्च तर्फ रु ८२ करोड १७ लाख ४२ हजार (४४.६३ प्रतिशत) विनियोजन गरिएको जनाइएको छ ।

नगरको तेर्हौ नगर सभामा नगरकी उप प्रमुख रेगिना भट्टराई प्रसाईँले प्रस्तुत गर्नु भएको बजेटमा खर्च व्यहोर्ने श्रोत तर्फ नगरपालिकाको आन्तरिक आयबाट रु २४ करोड ९४ लाख ९२ हजार र दमक अस्पतालको आन्तरिक आयबाट रु ३१ करोड रकम व्यहोरीने छ भने सङ्घीय सरकारको अनुदान ९५ करोड ८९ लाख र प्रदेश सरकारको अनुदान ४ करोड ८ लाख ८८ हजार प्राप्त हुने छ । राजश्व बाँडफाँट रु २७ करोड १९ लाख ५९ हजार र जनसहभागिताबाट रु १ करोड रकम व्यहोर्ने गरी प्रस्ताव गरिएको छ ।

सम्बन्धित समाचार