२०८३ बैशाख ३ गते , विहीबार

मेचीनगर नगरपालिकाको बजेट एक अर्ब ५१ करोड बढी

sajilo news
झापा
२०८० असार १० गते , आईतबार
मेचीनगर नगरपालिकाको बजेट एक अर्ब ५१ करोड बढी

झापाको मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को प्रस्तावित बजेट नीति तथा कार्यक्रमका लागि १ अर्ब ५१ करोड भन्दा बढीको अनुमानित बजेट प्रस्ताव गरेको छ ।

आइतबार मेचीनगर नगरपालिकाको दोस्रो नगर सभाको तेस्रो अधिवेशनको प्रथम बैठकमा मेचीनगर नगरपालिकाको आर्थिक विधेयक २०८० को विनियोजन विधेयक प्रस्तुत गदै उपप्रमुख मीना पोखरेल उप्रेतीले आगामी आर्थिक वर्ष २०८०/०८१ को मेचीनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय, विषयगत शाखा, उपशाखा तथा सेवा केन्द्रले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूची १ मा उल्लेखित चालु पुँजीगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरी कुल १ अर्ब ५१ करोड १२ लाख ४० हजार ३ सय ६७ रुपैयाँमा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिने स्पष्ट पार्नुभयो । विपद् कोषका लागि १ करोड तथा मर्मत सम्भार कोषमा २ करोड रुपैयाँ विनियोजन प्रस्ताव गरिएको छ ।

संवैधानिक प्रावधान अनुसार प्रत्येक वर्षको असार १० गते स्थानीय सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्छ । मेचीनगर नगरपालिकाले निर्धारित समयमै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ ।

आन्तरिक आय १२ करोड ८७ लाख, राजस्व बाँडफाँड १८ करोड ९९ लाख १७ हजार समानीकरण अनुदान १५ करोड ६१ लाख ७५ हजार र स्थानीय राजस्व बाँडफाँड ३ करोड रुपैयाँको बजेट पेस गर्नुभयो ।,चालु खर्चतर्फ ८५ करोड ७ लाख ७ हजार रुपैयाँ वा कुल बजेटको ५६ दशमलव २९ प्रतिशत पुँजीगत खर्च तर्फ ६५ करोड ८० लाख ३३ हजार ३ सय ६७ रुपैयाँ वा ४३ दशमलव ५४ प्रतिशत वित्तीय व्यवस्थातर्फ २५ लाख रुपैयाँ वा शून्य दशमलव १७ प्रतिशत गरी कुल १ अर्ब ५१ करोड १२ लाख ४० हजार ३ सय ६७ रुपैयाँ बराबरको अनुमानित बजेट रहेको छ ।

नगर उपप्रमुख उप्रेतीले चालु खर्चतर्फ ८५ करोड ७ लाख, ७ हजार रुपैयाँ वा ५६ दशमलव २९ प्रतिशत पुँजीगत खर्च तर्फ ६५ करोड ८० लाख ३३ हजार ३ सय ६७ रुपैयाँ वा ४३ दशमलव ५४ प्रतिशत वित्तीय व्यवस्थातर्फ २५ लाख रुपैयाँ वा शून्य दशमलव १७ प्रतिशत गरी कुल १ अर्ब ५१ करोड १२ लाख ४० हजार ३ सय ६७ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरिन् । 

जनताका शिक्षा स्वास्थ्य जस्ता मौलिकहकहरुको कार्यान्वयन गर्ने विषयमा होस वा कृषि, पशु, स्वास्थ्य, खानेपानी जस्ता नगरबासीका आधारभूत आवश्यकताहरूको सम्बोधनका लागि होस् नगरपालिकाले सक्दो प्रयास गरेको छ । कृषितर्फ करिब २ करोड ४८ लाख र पशु विकास तर्फ ४६ लाख गरी आर्थिक विकासका विभिन्न क्षेत्रमा ५ करोड ९३ लाख ८४ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको छ । शिक्षातर्फ ४२ करोड ७८ लाख छुट्टाइएको छ भने स्वास्थ्यतर्फ ७ करोड ४ लाख रुपैयाँ जति विनियोजन प्रस्ताव गरिएको छ । त्यसैगरी सामाजिक सुरक्षामा करिब १ करोड २२ लाख ७० हजार, युवा खेलकुदमा १ करोड ४५ लाख, खानेपानीमा ८३ लाख, लैगिक समानता र समावेशीकरणमा ७७ लाख गरी सामाजिक विकास तर्फ कूल ५४ करोड ८८ लाख रकम विनियोजन प्रस्ताव गरिएको छ ।

सम्बन्धित समाचार