२०८३ बैशाख ३ गते , विहीबार

विप्लव नेतृत्वको युवा सङ्गठनद्वारा दमकको एक लघुवित्तको कार्यालयमा तालाबन्दी गर्दै आगजनी

sajilo news
झापा
२०८० असार १० गते , आईतबार
विप्लव नेतृत्वको युवा सङ्गठनद्वारा दमकको एक लघुवित्तको कार्यालयमा तालाबन्दी गर्दै आगजनी

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा निकट युवा सङ्गठन नेपालले झापाको दमक–८ स्थित जीवन विकास लघुवित्त संस्थाको शाखा कार्यालयमा तालाबन्दी गरेको छ।

युवा सङ्गठन नेपाल झापाका इन्चार्ज पुकार सी को नेतृत्वमा कालो ब्यानर सहित गएको टोलीले आज दिउँसो लघुवित्तका कर्मचारीलाई बाहिर निकाल्दै तालाबन्दी गरेको छ । साथै उनीहरू लघुवित्त लेखिएको बोर्ड तोडफोड गर्नुका साथै आगजनी समेत गरेको छ।

जीवन विकास लघुवित्त स्थानीय स्तरका ऋणीहरूलाई धम्क्याएको, चरम शोषण गरेको , चर्को ब्याज असुलेको भन्दै पीडितहरूले नेकपासँग गुहारेको माग थिए । सो विषयमा नेकपाका कार्यकर्ताले लघुवित्तका कर्मचारी सो बारेमा ध्यानाकर्षण गराउँदै पटक पटक सम्झाउँदा समेत वित्तीय अराजकता नरोकेकोले तालाबन्दी गरिएको सङ्गठनका इन्चार्ज पुकार सीले जानकारी दिए । 

उक्त संस्थाले कयौँ दिदीबहिनीहरूलाई आत्महत्या गर्ने स्थितिमा पुर्‍याएको, समाजमा गुन्डागर्दी शैलीमा आतङ्क सिर्जना गरेको भन्दै नसच्चिएको खण्डमा थप कारबाही गरिने उनको भनाई छ । यसअघि नेपाल कम्युनिस्ट पार्टीले मिटरब्याजीको आरोपमा शनिवार बिर्तामोडस्थित बुधबारे हटियामा नवराज विमलिको घर कब्जामा लिएको थियो । 

सम्बन्धित समाचार