२०८३ बैशाख १६ गते , बुधबार
शैक्षिक सुधारमा झापाका पाँच विद्यालय उत्कृष्ट, प्रोत्साहन बापत ५ लाख रुपैयाँ पाउने
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले व्यवस्थापकीय र शैक्षिक सुधारमा उत्कृष्ट काम गरेका झापाका पाँच सामुदायिक विद्यालयलाई ५ लाख रुपैयाँ दरले प्रोत्साहन अनुदान रकम दिने भएको छ ।
बिहीबार केन्द्रले प्रोत्साहन अनुदान पाउने विद्यालयको सूची सार्वजनिक गरेपछि झापाका पाँच विद्यालय परेको हो । सूचीमा पर्ने विद्यालयहरू मेचीनगरको आदर्श मावि इँटाभट्टा, अर्जुनधाराको लक्ष्मी मावि, कचनकवलको मोती मावि, शिवसताक्षीको राष्ट्रिय मावि रमणीय आदर्श र कमलको शहिद मावि धर्मभक्त रहेका छन् ।
केन्द्रले प्रतिनिधिसभाको प्रत्येक निर्वाचन क्षेत्रबाट विद्यालय पर्ने गरी १६५, शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट भएको कार्यसम्पादन परीक्षणबाट भएको मूल्याङ्कनबाट उच्चतम अङ्क प्राप्त गर्ने विद्यालय, महानगरपालिका र उपमहानगरपालिका भित्रबाट थप २ विद्यालय छनोट गरेको जनाएको छ।