२०८१ जेष्ठ ८ गते , मंगलबार

बालेनले भोलिदेखि काठमाडौंमा भारतीय चलचित्र चल्न नदिने

sajilo news
झापा
२०८० असार ३ गते , आईतबार
बालेनले भोलिदेखि काठमाडौंमा भारतीय चलचित्र चल्न नदिने

काठमाडौं महानगरपालिकाले भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ।  महानगरका प्रमख बालेन्द्र शाहले भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन गरेको आग्रह बेवास्ता गरेकाले भारतीय चलचित्र प्रदर्शनमा रोक लगाइएको बताए। महानगरले उक्त सन्देश हटाउन तीनअघि आग्रह गरेको थियो। 

'काठमाडौं महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शनमा भोलिदेखि निषेध गरिएको उनले बताए। 

उनले भनेका छन्', 'उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुति माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ। उक्त चलचित्रबाट नेपाल माथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ।' 

सम्बन्धित समाचार