२०८३ बैशाख ५ गते , शनिबार

एसिया कपको मिति तय, नेपाल समूह चरणमा भारत र पाकिस्तासँग खेल्ने

sajilo news
झापा
२०८० जेष्ठ ३२ गते , विहीबार
एसिया कपको मिति तय, नेपाल समूह चरणमा भारत र पाकिस्तासँग खेल्ने

एसिया कप २०२३ को मिति तथा आयोजकको टुंगो लागेको छ। भारत र पाकिस्तानको राजनीतिक किचलोका कारण अनिश्चित बनेको एसिया कपमा नेपाल पनि छनोट भइसकेको छ। आईसीसीले बिहीबार वक्तव्य जारी गर्दै अगस्ट ३१ देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा एसिया कप आयोजना हुने जानकारी दिएको छ।

पाकिस्तानमा चार र श्रीलंकामा बाँकी खेल हुने गरी एसिया कपको १६औं संस्करण हुने वक्तव्यमा उल्लेख छ। भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तानसँगै नेपाल सहभागी हुने प्रतियोगितामा कुल १३ एकदिवसीइ अन्तर्राष्ट्रिय (ओडीआई) खेल हुनेछन्।

सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर शीर्ष दुईले 'सुपर फोर' मा स्थान बनाउनेछन्। सुपर फोरबाट शीर्ष दुई टिमले फाइनल यात्रा तय गर्नेछन्।

नेपालले समूह चरणमा भारत र पाकिस्तासँग खेल्ने छ। यस्तै, अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्। नेपाल घरेलु मैदानमा भएको एसीसी पुरुष प्रिमियर कपको फाइनलमा यूएईलाई पराजित गर्दै एसिया कपमा छनोट भएको हो। गत वर्ष यूएईमा भएको फाइनलमा पाकिस्तानलाई पराजित गरेको श्रीलंका प्रतियोगिताको साविक विजेता हो।

सम्बन्धित समाचार