२०८३ बैशाख ११ गते , शुक्रबार

घट्न थाल्यो ब्याजदर

sajilo news
पत्रपत्रिका
२०८० जेष्ठ २८ गते , आईतबार
घट्न थाल्यो ब्याजदर

अर्थतन्त्रको बाह्य अवस्था र बैंकहरूमा तरलता सुधारसँगै नेपाल राष्ट्र बैंकले कसिलो नीतिमा पुनरवलोकन मौद्रिक नीतिमा गरेसँगै बैंकहरूको ब्याजदर घट्न थालेको छ । कोभिड-१९ युक्रेन तनावका कारण महँगी उच्च भएसँगै विदेशी मुद्रा सञ्चितिमा दबाब बढेपछि राष्ट्र बैंकले कसिलो मौद्रिक नीति लिएको थियो ।

त्यसले बैंकहरूको ब्याजदर उच्च बिन्दुमा पुयाएको थियो । तर, अर्थतन्त्रको बाह्य अवस्थामा आएको सुधारसँगै राष्ट्र बैंकले मौद्रिक नीति लचिलो बनाउँदै लगेपछि ब्याजदर घट्न थालेको हो ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष (आव) को माघमा बैंकहरूको ब्याजदर उच्च बिन्दुमा पुगेको थियो । फागुनपछि भने बैंकहरूको निक्षेपको ब्याजदर, आधारदर र कर्जाको ब्याजदर घट्न थालेको हो । समाचार आर्थिक अभियान दैनिकमा छ ।

सम्बन्धित समाचार