यु–२० रग्वीको फाइनल समीकरण पुरा
नेपाल रग्वी संघको आयोजनामा इलामको माई नगरपालिका–४ शुक्रबारे खेलमैदानमा जारी यु–२० रग्वी सेभेन्स महिला तथा पुरुष प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ । प्रतियोगिताको पहिलो दिनको खेल सम्पन्न भएसँगै महिला र पुरुष तर्फ फाइनल खेल्ने टिम पक्का भएको हो । प्रतियोगिताको पुरुष तर्फ कर्णाली रग्वी क्लब र कटारी रग्वी क्लब भिड्ने भएका छन् ।महिला तर्फ हेटौडा रगर्स र हिमालयन टाइगर भिड्नेछन् । पुरुष समुह ए बाट २ जितका साथ विजेताको रुपमा कर्णालीले सेमिफाइनलमा स्थान बनाएको थियो । त्यसैगरी १ जित र १ हारका साथ कटारी उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो । २ टोली मात्र रहेको समूह बीमा हिमालन विरुद्धको जितका साथ हेटौडा समूह विजेताको रुपमा सेमिफाइनल पुगेको हो । महिला तर्फ २ जितका साथ समूह ए मा विजेताको रुपमा कटारी सेमिफाइनल पुगेको थियो । १ जित र १ हारका साथ कर्णाली उपविजेता बनेको थियो । २ टिम रहेको समूह बी मा हिमालयन टाइगरलाई हराउँदै हेटौडा सेमिफाइनल पुगेको हो ।
प्रतियोगितामा पुरुतर्फ कर्णालीले हिमालय टाइगरलाई ३१–५ अन्तर हराएको हो । त्यसैगरी कटारीले हेटौडालाई ७–० अन्तरले हराएको हो । महिला तर्फ हिमालयन टाइगरले कटारी रग्वी क्लबलाई ५–० ले हराएको हो । त्यसैगरी हेटौडा रगर्सले कर्णाली रग्वी क्लबलाई ३६–० ले हराएको फाइनल पुगेको हो । आजबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा पुरुष तर्फ कर्णालीले बर्दिबास रग्वी क्लबलाई २९–० ले हराउन सफल रहेको थियो । हेटौडाले हिमालयन टाइगरलाई १२–० ले हराएको थियो । कटारीले बर्दिबासलाई १९–० ले हराएको छ । कर्णालीले कटारीलाई २९–० ले हराएको छ । महिला तर्फ पहिलो खेलमा कटारीले बर्दिबासलाई १०–० ले हराएको थियो । कटारीले कर्णालीलाई १२–५ ले हराएको छ ।
हेटौडाले हिमालयन टाइगरलाई २५–० ले हराएको छ । कर्णालीले बर्दिबासलाई ५–० ले हराएको छ । फाइनल खेल शनिवार हुनेछ । नेपाल रग्वी संघ कोशी प्रदेश समिति, नेपाल रग्वी संघ इलाम र नेपाल रग्वी संघ माई नगरको समन्वयमा आयोजित प्रतियोगितामा महिला र पुरुष तर्फ ५÷५ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको उद्घाटन माई नगर प्रमुख खम्ब सिं लिम्बुले गरेका थिए । नेपाल रग्वी संघका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा माई नगर प्रमुख खम्ब सिं लिम्बुको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नगर प्रमुख लिम्बु, नेपाल रग्वी संघका महासचिव गोविन्द घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रतियोगिताबाट आगामी अगस्टमा नेपालमा हुने यु–२० एसिया रग्वी सेभेन्स प्रतियोगिताको लागि नेपाली टिम छनौट हुनेछ । प्रतियोगिताको खेलाडी छनौटका लागि नेपालका प्रमुख प्रशिक्षक व्इिजे सिङ्गे समेत माई नगरपालिका आएका छन् ।