२०८० मंसीर १६ गते , शनिबार

गौशालामा परिणत हुँदै भद्रपुर शीत भण्डार, साढे तीन करोडभन्दा बढी रकम अलपत्र

sajilo news
पत्रपत्रिका
२०८० जेष्ठ २४ गते , बुधबार
गौशालामा परिणत हुँदै भद्रपुर शीत भण्डार, साढे तीन करोडभन्दा बढी रकम अलपत्र

भद्रपुरको कृषि उत्पादनको व्यवस्थित भण्डारणका लागि भनेर १३ वर्षअघि निर्माण शुरू गरिएको शीत भण्डार (कोल्ड स्टोरेज) निर्माण पूरा नभई लथालिंग छाडेको कारण यतिखेर चौपाया राख्ने गौशालामा परिणत भएको छ ।

वि.सं २०६७ मा नेपालस्थित भारतीय दूतावासमार्फत्झापाको पुरानो नगरपालिका भद्रपुरमा १५ महिनामा निर्माण सम्पन्न गर्ने गरी कोल्ड स्टोरेज बनाउनका लागि बजेट निकासा गरी काम शुरू भएको थियो ।

भारतीय दूतावासले अनुदानस्वरूप बजेट निकासा गरेपछि नगरपालिकाले टेन्डर आह्वान गर्दै ठेक्का प्रक्रियामार्फत कोल्ड स्टोरेज निर्माण कार्य शुरू गरेको एक दशक पार गरिसकेको छ । तर, निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्नेमा पछिल्लो दुई वर्षयता शीत भण्डार बेवारिसे अवस्थामा रहँदा नयाँबजार क्षेत्रका गाई गोरू थुन्ने ठाउँ ९गौशाला०का रूपमा परिणत भएको हो ।

निर्माण सम्झौता हुँदा कर्मचारीको हातमा रहेको स्थानीय सरकार अहिले जनप्रतिनिधिको हातमा छ । जनप्रतिनिधि आएको आधा दशकभन्दा बढी समय भइसक्दा पनि अलपत्र संरचनातर्फ नगरपालिकाका जनप्रतिनिधिले चासो देखाएका छैनन् । जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकालको पनि एक वर्ष व्यतीत भइसकेको छ ।

कुल ४ करोड ७८ लाख ७३ हजार २ सय ५८ रुपियाँ ९० पैसाको अनुमानित लागतमा निर्माण थालिएको शीतभण्डारको निर्माण ठेक्का सुनौला खिम्ती कन्स्ट्रक्सन कम्पनीले भ्याटसहित ४ करोड १३ लाख ३७ हजार ३ सय ७४ रुपियाँ ९६ पैसामा १५ महिनामा काम सम्पन्न गरिसक्ने गरी नगरपालिकासँग सम्झौता गरेको थियो । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

सम्बन्धित समाचार