२०८३ बैशाख ५ गते , शनिबार

आज आईपीएलको फाइनल : उपाधिका लागि गुजरात र चेन्नई भिड्दै

sajilo news
एजेन्सी
२०८० जेष्ठ १४ गते , आईतबार
आज आईपीएलको फाइनल : उपाधिका लागि गुजरात र चेन्नई भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १६औँ संस्करणको फाइनल खेलमा आज साविक विजेता गुजरात टाइटन्स र चेन्नई सुपर किङ्स भिड्दैछन्। 

अहमदाबादमा बेलुका पौने ८ बजे सुरु हुनेछ। गुजरात शीर्ष र चेन्नई दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा खेलेका थिए।  पहिलो क्वालिफायरमा चेन्नईले गुजरातलाई १५ रनले हराउँदै फाइनलमा पुगेको थियो। 

गुजरात दोस्रो क्वालिफायर खेलमा पाँच पटकको च्याम्पियन मुम्बईलाई ६२ रनले हराउँदै फाइनलमा चेन्नईसँगको भेट पक्का गरेको हो। 

गएको वर्ष पहिलो पटक आईपीएल खेलेको गुजरातले पहिलो वर्ष नै उपाधि जितेको थियो। चार पटकको विजेता चेन्नईले आईपीएलमा फाइनल खेल्न लागेको यो दशौँ पटक हो।

यस सिजनको आईपीएल विजेता टोलीले २० करोड भारु नगद पुरस्कार पाउने छ। त्यस्तै उपविजेता टोलीले १३ करोड भारु दिइनेछ। त्यसैगरी तेस्रो र चौथो हुने टोलीले पनि ७–७ करोड रुपैयाँ पाउनेछन्।

त्यस्तै आईपीएल २०२३ मा ओरेन्ज क्याप अर्थात सबैभन्दा बढी रन बनाउने खेलाडी र पर्पल क्याप जित्ने अर्थात् सबैभन्दा बढी विकेट लिने खेलाडीले १५/१५ लाख पाउनेछन्।

त्यस्तै यस सिजनमा उदीयमान खेलाडी बन्ने खेलाडीलाई २० लाख भारु दिइनेछ भने सुपर स्ट्राइकरले पनि १५ लाख पाउनेछन्।

आईपीएल २०२३ मा सबैभन्दा मूल्यवान खेलाडी बन्ने खेलाडीलाई पनि १२ लाख रुपैयाँ पुरस्कार दिइनेछ। साथै पावर प्लेयर, गेम चेन्जर र धेरै छक्का प्रहार गर्ने खेलाडीले १२/१२ लाख भारु पुरस्कार पाउने छन्। आइपिएलमा हरेक खेलमा म्यान अफ द म्याच खेलाडीले एक लाख पुरस्कार दिइएको छ। 

सम्बन्धित समाचार