मुम्बईलाई हराउँदै गुजरात आइपिएलको फाइनलमा, उपाधि भिडन्त चेन्नईसँग
युवा ओपनर शुभमन गिलको शतक सहयोगमा साबिक विजेता गुजरात टाईटन्स मुम्बई इन्डियन्सलाई पराजित गरि १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)को फाइनलमा पुगेको छ । शुक्रबार राति अहमदावादमा मुम्बई इन्डियन्सलाई ६२ रनले हराउँदै गुजरात उपाधि नजिक पुगेको हो ।
गुजरातले दिएको २३४ रनको विशाल लक्ष्य पछ्याएको मुम्बई १० बल बाँकी छँदै १७१ रन बनाउँदा अलआउट भयो । मुम्बईका लागि सुर्यकुमार यादवले ३८ बलमा ७ चौका र २ छक्काको सहयोगमा ६१ रनको अर्धशतकीय ईनिङ्स खेले । ६१ रन बनाउँदै सुर्या मोहित शर्माको बलमा बोल्ड आउट भए ।
गुजरातका लागि ओपनर शुभमन गिलले ६० बलमा ७ चौका र १० छक्काको सहयोगमा १२९ रनको शतकीय ईनिङ खेले । यस सिजनमा आफ्नो तेस्रो शतक गिलले ४९ बलमा पूरा गरे । गिल आकाश मधवालको बलमा आउट भए ।
यो सिजनको आइपिएलमा उनको यो तेस्रो शतक हो । गुजरातले अब उपाधिको लागि आइतबार चेन्नई सुपर किंग्ससँग खेल्नेछ । दोस्रो क्वालिफायरमा पराजित भएको मुम्बई भने प्रतियोगिताबाट बाहिरिएको छ ।