२०८० जेष्ठ १७ गते , बुधबार

भद्रपुरका संस्थागत विद्यालयले आफुखुशी शुल्क बढाएको भन्दै नगरपालिकाको ध्यानाकर्षण

sajilo news
पार्थ मण्डल
२०८० जेष्ठ ८ गते , सोमबार
भद्रपुरका संस्थागत विद्यालयले आफुखुशी शुल्क बढाएको भन्दै नगरपालिकाको ध्यानाकर्षण

भद्रपुर । नगर क्षेत्रका संस्थागत (निजी) विद्यालहरुले आफुखुशी कक्षा तथा यातायात शुल्क बढाएको भन्दै भद्रपुर नगरपालिकाको ध्यानाकर्षण गराइएको छ । 
संस्थागत विद्यालयहरुको मनपरी बढेको भन्दै नगरका सचेत अभिभावक तथा पूर्व जनप्रतिनिधि नतुन पौडेलले विभिन्न १० बुँदे माग राख्दै भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीलाई सोमबार ध्यानाकर्षण पत्र बुझाएका हुन् । साथै उनले सो ध्यानाकर्षण पत्र नगर शिक्षा शाखाका राजकुमार ओडारीलाई समेत बुझाएका छन् । 
शिक्षा क्षेत्रमा विकृती विसंगति बढेको अभिभावकहरुको जनगुनासोलाई ध्यानमा राख्दै नगरपालिकाको ध्यानाकर्षणसँगै कार्यान्वयनका लागि विभिन्न १० बुँदे माग अघि सारिएको अभिभावक पौडेलले बताए । 
उनले बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ, नगरभरिका संस्थागत विद्यालका पुस्तक, पोशाक र यातायाता भाडा दरमा एक रुपता हुनुपर्ने र आआफ्नो विद्यालयको पहिचान गर्नका लागि टाई र वेल्ट फरक हुनुपर्ने, संस्थागत विद्यालयहरुले प्रत्येक बर्ष पुस्तक परिवर्तन गर्ने, मनोमानित तरिकाले शुल्क बढाउने, आफखुशी भर्ना शुल्क लिने जस्ता कार्यलाई नगर शिक्षा, अभिभावक र शिक्षा विदहरुसँग छलफल गरी कार्यान्वयन गर्नुपर्ने, संस्थागत विद्यालयमा प्रत्येक कक्षामा पढाई साथै अतिरिक्त क्रियाकलापमा अब्बल देखिने विद्यार्थीलाई प्रोत्साहन स्वरुप एक छात्र र एक छात्रालाई छुटको व्यवस्था गर्नुपर्ने, विद्यालयबाट सञ्चालित सवारीसाधानमा सिट संख्या भन्दा बढी विद्यार्थी चढाउन नपाउने, नगर शिक्षा शाखाले विद्यालयहरुको मासिक अनुगमन गरी प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतको माग छ ।  


सम्बन्धित समाचार